एआईजी चतुर्वेदी र मन्त्री शर्मालाई सम्मान

सेयर गर्नुहोस

काठमाडौं । कपिलवस्तु समाज काठमाडौंले नवनियुक्त एआईजी चतुर्वेदी र स्वास्थ्य तथा जनसंख्या मंत्री डा. शर्मालाई सफल कार्यकालकाे शुभकामना दिएका छन ।
कपिलवस्तु समाजका एक प्रतिनिधि मण्डलले आज कपिलवस्तु निवासी स्वास्थ्य तथा जनसंख्या मंत्री डा. सुधा शर्मा र युसमाजका आजीवन सदस्य कपिलवस्तु कृष्णनगर निवासी नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक उमा चतुर्वेदीज्यु लाई भेटेर बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छन ।
कपिलवस्तु जिल्लाको जनस्वास्थ्यको अवस्था र अस्पतालले प्रदान गरेको सेवा को बारेमा चर्चा गरेको छ। कपिलवस्तुका अस्पतालको अवस्था , जनशक्तीको बारेमा छलफलमा मंत्रीज्युले चासो व्यक्त गरी अवस्था र व्यवस्था सुधार्न लागिपर्ने बताउनु भयो।
प्रतिनिधिमण्डलले प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीज्यु संग जिल्लाको सुरक्षा व्यवस्थाको बारेमा चर्चा गर्नुको साथै ईलाका प्रहरी कार्यालय चन्द्रौटालाई स्तरोन्नति गरी नायव उपरीक्षक (DSP) को दरवन्दी सहित संचालन गर्न तथा ५०-६० दरवन्दी सहितको दंगा गणको कपिलवस्तुमा स्थापना गर्नुपर्ने माँग गरेको छ। कपिलवस्तु जिल्लामा कृष्णनगर र मर्यादपुर गरि हाल दुई प्रमुख भंसार नाका रहेको हुदा सुरक्षा व्यवस्था कायमको लागी अतिआवश्यक रहेको छ।छिमेकी जिल्ला दाङ र रुपन्देहीम सो गण रहेको तर कपिलवस्तुमा नरहेकोले सो स्थापन गर्नुपर्ने माग गरेका छन । सो सम्बन्धमा एआईजी चतुर्वेदीले आफुले सम्वन्धित निकायमा प्रताव राख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। सो प्रतिनिधि मण्डलमा समाजका अध्यक्ष दीपक राजभण्डारी , उपाध्यक्ष आलोक तिवारी, सचीव बाबुराम भट्टराई तथा संरक्षक कालिका दवाडी, पूर्व अध्यक्ष दिग्बिजय मिश्र ,रत्नाकर ज्ञवाली, अवधेश छिपी तथा अशोक ओझा को उपस्थिति रहेको थियो।कपिलवस्तु समाज बि.स. २०४७सालमा विशुद्ध समाजिक संस्थाको रुपमा काठमाडौमा स्थापना भै कपिलवस्तु जिल्लाको सर्वपक्षीय विकासको लागि नेपाल सरकारका विभिन्न निकाय लगायत अन्य सरोकारवालालाई सल्लाह सुझाव र दवावमूलक कार्यक्रम गर्दै आएको छ।

Facebook Comments Box