एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ल्यापटप

सेयर गर्नुहोस

कपिलवस्तु , कार्तिक १४ । महाराजगन्ज नगरपालिकाकाे एउटा विद्यालयले विद्यालय उत्कृस्ट हुने छात्रालाई ल्यापटप हस्तान्तरण गरेकाे छ।
महाराजगन्ज छ अवस्थित शिव प्रताप माध्यमिक विद्यालय भलवारीमा विगत ८ वर्ष देखि एसईई परिक्षामा विद्यालय उत्कृष्ट हुने छात्रछात्रालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वारा ल्यापटप दिने कार्यक्रम निरन्तर हुने गरेकाे प्रधानाध्यापक राम बहादुर चाैधरीले बताउनुभयाे ।
छात्र तर्फ A र छात्रा तर्फ B+ ल्याउने विधार्थीलाई अध्यक्ष शैलेश प्रताप शाहले व्यक्तिगत खर्चमा ल्यापटप दिने गरिएकाे छ । आज एक कार्यक्रमका बीच अध्यक्ष शाहले कक्षा १० एसईई परीक्षा २०८१मा ३.३० जिपिए ल्याएकी मनीषा बनियालाई एउटा ल्यापटपसहित सम्मानपत्र प्रदान गरिएकाे हाे ।
उत्कृष्ट विद्यार्थीलाई प्राेत्साहनसहित उच्च शिक्षामा सहयाेग स्वरुप ल्यापटप प्रदान गरिएकाे अध्यक्ष शाहले बताउनुभयाे । यस्ता प्राेत्साहन कार्यले पुरस्कृत विद्यार्थीकाे मनाेबल बढाउनुका साथै विद्यालयका अन्य विद्यार्थीलाई प्रेरणा दिने शाहकाे भनाई छ । कार्यक्रममा वडाध्यक्ष रामसिंह कुर्मी लगायत विद्यालयका शिक्षक , कर्मचारीसमेतकाे उपस्थिति थियाे ।

Facebook Comments Box