लुम्बिनीमा उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पुजा २०८२ शब्य भव्य रूपमा सम्पन
लुम्बिनी / अन्जना चौहान ११ कार्तिक मगलबार ।
हिजो साँझ छठ पूजाको अवसरमा रूपन्देहीका विभिन्न स्थानहरूमा श्रद्धा र भक्तिभावका साथ पूजापाठ सम्पन्न गरियो। लुम्बिनी, खुंगाई स्थित श्री लक्ष्मी नारायण मन्दिर, लङ्कापुर, भभाई घाट, एकला लम्तिहवर घाट मसिना घाट झरुवा छठ घाट र सूर्यपुरा सहितका घाट तथा नदी पोखरीहरूमा भक्तजनहरूको ठूलो रौनक साथै भीड देखियो थियो।
सूर्यदेवको आराधना र आत्मशुद्धिको प्रतीकका रूपमा मनाइने यो पर्वमा महिलाहरूले ३६ घण्टा निर्जल व्रत बसेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए भने आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै पर्वको समापन गरिएको छ।
लुम्बिनी क्षेत्रका घाटहरुमा टेन्ट सजाउट दीप, बत्ती र फूलमालाले झिलिमिली लगाइएको थियो छठी मइयाको गीत, भजन र पारम्परिक नाचगानले प्रसाद पानी वितरण वातावरण भक्तिमय बनेको थियो। लुम्बिनीको हरेक क्षेत्र बाट वडा अध्यक्षहरुले र काबा नगरप्रमुख कल्पना हरिजनले आफ्नो आफ्नो छठ घाट पर्ने ठाउँहरुमा भगतजनहरुलाई भेटघाट गर्दै केही नगद विभिन्न किसिमका प्रसाद दिनु भएको थियो ।
स्थानीय प्रशासनले सुरक्षाको कडा व्यवस्था गरेको थियो भने प्रहरी टोलीहरू प्रमुख घाटहरूमा तैनाथ गरिएको थियो। छठ पर्वले रूपन्देहीमा धार्मिक उत्साह र सामुदायिक एकताको अद्भुत प्रस्तुत गरेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएकाे जानकारी अनुसार जिल्लाका १६ वटा स्थानीय तहका २ सय ७७ स्थानमा छठ मइयाको पूजा आराधना गरिएको थियो । बुटवल, तिलोत्तमा र सिद्धार्थनगरजस्ता शहरदेखि गैडहवा, मायादेवी, रोहिणी, मर्चवारी, ओमसतिया र कोटहीमार्इ जस्ता गाउँपालिका हुँदै लुम्बिनी सांस्कृतिक नगरपालिका सम्म श्रद्धालुहरूको भीड देखिन्छ
लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र ३३ ओटा छठ घाट रहेको थियो ।

