धन्वतरि दिवसकाे अवसरमा शिराेधारा उपचार शुरु

सेयर गर्नुहोस

कृष्णनगर , कार्तिक ३ ।
नागरिक आरोग्य सेवा केंद्र कृष्णनगर को आयोजनामा आइतबार धन्वंतरि जयंती तथा रास्ट्रिय आरोग्य दिवस मनाईएकाे छ।
कृष्णनगर वडा २ का अध्यक्ष को अध्यक्षता नगर प्रमुख रजत प्रताप शाह को प्रमुख आतिथ्यता कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्र का प्रमुख डॉ नलिन नाथ तिवारीको विशिष्ट अतिथ्यतामा चिकित्सा का आदिदेव धन्वंतरि भगवानको बिधिवत् पूजा गरि धन्वंतरि दिवस मनाईएकाे छ ।
साे अवसरमा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरमा शिरो धारा को समुद्घाटन नगर प्रमुख शाहले गर्नु भएकाे थियाे । शिराे धारा पद्धति घांटीभन्दा माथि को रोग शिरो रोग को उपचार जस्तै धेरै दिन देखी unknon कारण का टाउको दुखाइ, anxity, अनिद्रा, मानसिक थकान, अल्जायमार्, पर्किंसंस्, paralysis जस्ता दीर्घ कालीन न सर्ने रोग मा प्रभाव करी भएको कुरा नागरिक आरोग्य सेवा केंद्र प्रमुख काबिराज डॉ नागेश्वर मिश्र ले बताउनु भयो ।
त्यस्तै नगर प्रमुख रजत प्रताप शाहले शिरो धारा संचालनले कृष्णनगर नगरपालिका का आम जन को स्वस्थ मा धेरै प्रभावकारी भूमिका खेलने बताउनु भयो।
कार्यक्रममा वार्ड २ का सदस्य रेणु शर्मा, राहुल मोदनवल,पूर्व शिक्षक चंद्र भान पांडे, समाजसेवी किफायतुल्ला खां, गिरिराज मिश्र, क्याम्पस प्रमुख राम लाल चौधरी लगायतका बुद्धिजीवि ,समाजसेवी, कर्मचारी लगायतकाे उपस्थित थियाे ।

Facebook Comments Box