कपिलवस्तुमा “बुद्धभुमी युवा समाज” गठन

सेयर गर्नुहोस

कपिलवस्तु , असाेज २५ । जिल्लाकाे बुद्धभुमीका युवाहरुले “बुद्धभुमी युवा समाज” गठन गरेका छन ।

भदौ २३ र २४ गते भएको आन्दोलनमा केही युवा र विद्यार्थीको मृत्यु भएपछि देशभर विषम परिस्थिति उत्पन्न भयो । यही पृष्ठभूमिमा कपिलवस्तुका युवाहरूले भ्रष्टाचार, कुशासन, बेथिति, नातावाद र विसंगति विरुद्ध आवाज उठाउने, विभिन्न विपदहरुमा सहयोग गर्ने र सामाजिक कार्यमा सकृय हुने उद्देश्यले बुद्धभूमि युवा समाज गठन गरेका छन्। संस्थाको घोषणा सभा आज २५ असोज २०८२ मा सम्पन्न भएको हो।

विरेन्द्र थापाकाे नेतृत्वमा बुद्धभुमीकाे युवा समाज गठन भएकाेे छ । भदौ २३ र २४ गते Gen-Z युवा समुहकाे शान्तिपूर्ण आन्दोलनमा शासकको दमन र विध्वंसबाट कलिला युवा, विद्यार्थीको हत्यापछि देशमा उत्पन्न विषम परिस्थिति उत्पन्न भएकाे छ। हामी युवाहरुलाई निरुत्साहित गर्न भएकाे घुसपैठ बिरुद्ध सबै युवासमुह एउटै स्वरमा बेथिति , विसंगति, कुशासन , भ्रस्टाचार निर्मुल पार्न बुद्धभुमीमा एकतावद्ध भई “बुद्धभुमि युवा समाज” गठन गरेकाे सचिव दिपेन्द्र कुमार चाैधरीले जानकारी गराएका छन ।

कुशासन ,भ्रष्टाचार ,बेथिति ,विसंगति ,नातावाद ,झोलेवाद को विरुद्ध खबरदारी गर्न आज एकजुट हुनु नै युवा समुुहकाेे आवश्यकता रहेकाे अध्यक्ष विरेन्द्र थापाकाे भनाई छ।
अध्यक्ष विरेन्द्र थापाले भने, “देशमा मौलाएको भ्रष्टाचार, नातावाद र कुशासनले युवाको भविष्यमा ठूलो असर गरिरहेको छ। अब हामी मौन बस्ने अवस्था छैन। बुद्धभूमि युवा समाजले युवाहरूलाई एकिकृत गर्दै सम्पूर्ण उमेर समूहका देशप्रेमी नागरिकलाई समेटेर देशमा सुशासन र पारदर्शिता कायम गर्नेछ। हामी कुनै राजनीतिक स्वार्थका लागि होइन, जनताको आवाज बन्न अघि बढेका हौं ।
बुद्धभुमी नगरपालिकाभित्रका युवा समुह बैठक बसि विरेन्द्र थापा काे अध्यक्षतामा युवा समाज गठन गरेकाे छ । उपाध्यक्षमा प्रदिप खरेल,सचिवमा दिपेन्द्र कुमार कुर्मी,सह-सचिवमा रोशन आचार्य ,कोषाध्यक्षमा सुमन खडका र सदस्यहरुमा सुनिल भण्डारी ,टेकराज चौधरी ,बिकास जि.सी,अमित बेल्बासे,प्रवीण थारु,चिन्तामणि घिमिरे(सन्तोष ) रहेका छन ।

Facebook Comments Box