बडा दशैकाे अवसरमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता तथा मनाेरन्जनात्मक कार्यक्रम सेमरीमा सुरु
नन्दु यादव/ नवलपरासी ।
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका वडा न २ सेमरीमा बडादशैकाे उपलक्ष्यमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता तथा विभिन्न मनाेरन्जनात्मक कार्यक्रम सुरु भएकाे छ । भएकाे छ ।
दशैकाे पावन अवसरमा श्री नवदुर्गा युवा परिवार अायाेजनामा कपर्दी प्रतियाेगिता सुरु भएकाे गरिएकाे हाे। सस्थाका अध्यक्ष बिक्रम यादवकाे अध्यक्षता तथा समाजसेवी दिनेश भण्डारीकाे प्रमुख अतिथ्यतामा एक कार्यक्रम बिच कपर्दी प्रतियोगिता काे बिधिवतरुपमा उदघाटन गरिएकाे हाे ।
कार्यक्रम मा नाथुराम क्षेत्री,रामप्रसाद जाेशी ,सुजितगुप्ता ,माेहन यादव लगायत विभिन्न सघसस्थाकाे प्रतिनिधि हरुकाे सहभागिता रहेकाे थियाे
कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि भण्डारीले कपर्दी प्रतियोगिता युवाहरुकाे लागि मुख्य खेलकुदकाे रुपमा रहेकाे भन्दै यश खेललाई अगाडि बढाउन अावश्यकता रहेकाे बताउनु भयाे ।प्रतापपुर का खेलाडीहरुलाई जिल्ला देखि प्रदेश र केन्द्रसम्म हरेक खेलमा अाफु सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु गर्नुभयाे ।खेलकुदलाई ब्यवसायिक रुपमा लैजानुपर्ने कुरामा समेत जाेड दिनु भयाे ।साथै १९गते सम्म सन्चालन हुने कपर्दी प्रतियोगिता तथा मेलामा अाकर्षण लागि विभिन्न किसिमकाे झुलाखेलहरु समेत सेमरी बिद्यालय काे प्राङ्गणमा सन्चालनमा रहेका छन ।तेसै गरि खानेकुराका बिभिन्न परिकार का स्टलहरु समेत रहेका छन ।
