भाेलिदेखि नियमित कार्यालय संचालन हुने : प्रजिअ

कपिलवस्तु , भदाैं २८ । जिल्लाभरिका निषेधाज्ञा समाप्त भई भाेलीदेखि सरकारी कार्यालय निरन्तर संचालनमा आउने भएका छन ।
विगत केही दिन देखिकाे निषेधाज्ञाले जिल्लाभित्रका सबै कार्यालय बन्द गरिएका थिए । जिल्लाभरिकाे अवस्था सामान्य हुँदै गएकाले भाेलिदेखि सरकारी कार्यालय पुर्णरुपमा खुल्ला हुने प्रमुुख जिल्ला अधिकारी डिल कुमार तामाङले बताउनुभएकाे छ ।
भदाैं २३ गते काठमाडौंकाे वानेश्वरमा भएकाे हिंसात्मक आन्दोलनपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाभरि निषेधाज्ञा लगाउदै आएकाे थियाे तर विगत तीन दिनदेखि कुनै अप्रिय घटना नभएकाेले निषेधाज्ञा फुकुवागरि सरकारी कार्यालय र विद्यालयहरु संचालन आउने भएका छन ।
आइतबार जेन-जेडकाे आन्दोलनपछि सम्पूर्ण सरकारी कार्यालय , विद्यालय लगायत बन्द भएका थिए ।
Facebook Comments Box