जिल्लाकाे शान्ति सुरक्षा व्यवस्थित र सुधारात्मक : प्रजिअ तमाङ्ग

कपिलवस्तु , भदाैं २७ । निषेधाज्ञा समयभित्र आज जिल्लामा कुनै पनि अप्रिय घटना नभएकाेले स्तिथि सुधारात्मक बन्दै गएकाेे प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ बताउनुभयो ।
जिल्लाकाे यथास्थिति अनुगमनका क्रममा कृष्णनगर पुग्नुभएका प्रजिअ तामाङ्गले आज जिल्लाभरि कुनै प्रकार दंगा , झड्प , प्रदर्शन लगायत अन्दाेलनका कार्यक्रम नभएको बताउनुभयो । प्रदर्शनकारी समुुह, सुरक्षा निकाय लगायत सबै सराेकारवालाकाे सहयाेग र सहकार्यमा कुनै किसिमकाे घटना नघटेकाे उनले दाेहाेर्याउनु भयाे ।
कपिलवस्तु जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको थियाे। आज बिहान ७ बजेदेखि सांझ ६ बजेसम्म निषेधाज्ञा लगाइएकाे थियाे ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जना भन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएकाे थियाे । उक्त अवधिमा आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत विज्ञप्तिमार्फत जानकारी गराइएकाे थियाे ।