जेन-जेडका घाइतेका लागि रक्तदान

कपिलवस्तु , भदाैं २५ । बहादुरगंजकाे शिवराज अस्पतालमा स्थानीय युवाहरुले रक्तदान गरेका छन ।
भदौं २३ गते काठमाडौंकाे वानेश्वर आन्दोलनमा घाइतेलाई आवश्यक पर्ने रगत सहयाेग गर्ने उद्देश्यले रक्तदान गर्न लागिएकाे स्थानीय युवा दिनेश जयसवालले बताउनुभयाे ।
नेपाल रेडक्रस साेसाइटी कपिलवस्तु शाखाकाे प्रविधिक सहयाेग तथा दिनेश जयसवालकाे व्यवस्थापनमा शिवराज अस्पतालमा कुल ३० जनाले रक्तदान गरेका छन । आन्दोलनमा गम्भीर घाइते भएका जेन-जेडका युवालाई उपचारका क्रममा रगत आवश्यकता भएकाे हुनाले आफुहरु सक्रियताका साथ रगत दान गरेकाे अनिल माेदनवालकाे भनाई छ ।





Facebook Comments Box