ईण्डो नेपाल बोर्डर पत्रकार संघको त्रैमासिक बैठक

भाद्र १६
भारत यु.पि. कुशीनगर स्थित पनिहवाको पथलेश्वर धाममा सम्पन्न भएको छ।ईण्डो नेपाल सिमा पत्रकार संघका अध्यक्ष कौशल कुमारको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।बैठकमा पथलेश्वर धामका पिठाधिस बाबा सत्यन्द्र नाथले देशको चौधौं अंगको रुपमा रहेको पत्रकार जगतको कलममा भएको शक्तिको अगाडि कोही नटिक्ने बताउनु भयो।उहाँले वर्तमान समयमा जनताको भरोसा न्यायलय र मिडिया संग मात्र भएकोले मिडियाकर्मीहरुले पनि सत्यतथ्य घटनाहरुलाई उजागर गरेर जनतालाई सुसूचित गराउदै शासकहरुलाई खबरदारी गर्ने पनि धारणा राख्नुभयो।कार्यक्रममा विशेष अतिथि छितौनी ग्राम पन्चायतका चेयरमेन अशोक निषाधले नेपाल भारतका पत्रकारलाई आफ्नो पन्चायतमा स्वागत गर्न पाउँदा आफ्नो र सम्पुर्ण ग्राम पन्चायतका नागरिकको शिर ठाडो भएको बताउदै यस्ता खाले बैठकबाट दुई पक्षीय सम्बन्ध बलियो हुने पनि जिकिर गर्नुभयो।बैठकमा सिमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न ईण्डो नेपाल सिमा पत्रकार संघले स्थानीय प्रशासनको ध्यानाकर्षण गर्नुको साथै लागू औषध रोकथाम र नियन्त्रणका लागी पनि कलम चलाउनु पर्ने लगायत विषयमा छलफल भएको सचिव नत्थु शर्माले जानकारी दिनुभयो।कार्यक्रममा नेपाल प्रेस युनियन नवलपरासीका अध्यक्ष समेत रहनु भएका संघका सदस्य उमेश बि.क., संघका संरक्षक विद्याधर तिवारी सहित दुई दर्जन पत्रकारहरुको उपस्थिति रहेको थियो।बैठकमा संघका सदस्य संजय पाण्डे,जय प्रकाश,शिवा तिवारी लगायत पत्रकारहरुले छलफलमा आफ्नो धारणा राख्नुभएको बताइएको छ।