खुकुरी सिगरेटकाे फर्जी कम्पनी ,खुला रुपमै बिक्रीले अर्बौंकाे राजस्व चाेरी

सेयर गर्नुहोस

अँकुश श्रीवास्तव
कपिलवस्तु , भदाैं १३ । जिल्लाकाे प्रत्येक बजारमा अहिले डुप्लिकेट खुकुरी सिगरेट धमाधम बिक्रिवितरण भईरहेकाे प्रमाण फेला परेकाे छ ।

सुर्य नेपाल प्रलिले उत्पादन गर्ने खुकुरी सिगरेटककाे हुबहु डुप्लिकेट अहिले कपिलवस्तु लगायत भारतसंग सटेका तराईका बिभिन्न जिल्लामा धमाधम बिक्री भईरहंदा आन्तरिक राजस्व कार्यालय , राजस्व अनुसन्धान , प्रशासन पदाधिकारी र सुरक्षा निकायसमेत माैन बसेका छन । बजार अनुगमन गर्ने जिम्मा पाएका निकायहरुसमेत माैन बसिरहेकाले फर्जी कम्पनीहरुकाे यसरी मनाेबल बढ्दै गएकाे छ । डुप्लिकेट सिगरेट बजारमा छ्यपछ्यापी पाउने गरेकाले राज्यकाे प्रतिदिन कराेडाैंकाे राजस्व गुमिरहेकाे सुर्य कम्पनीका डिलर सन्तराम यादव बताउँछन् । सबै निकायमा भनिसकेकाे छु तर अहिल पनि धमाधम बजारहरुमा खासगरि गाउंका चाैक चाैराहामा बिक्रीवितरण भईरहेका छन । भारतकाे सिमाना नजिकका बजारहरुमा एजेन्सी पसफ नै राखेर नेपाल भित्रिंदासमेत भन्सार कार्यालय र सशस्त्र प्रहरीले समेत सुइंकाे नपाउनु लापरवाही बाहेक अरु केही नभएकाे सराेकारवालाकाे बुझाई छ ।


अर्बौंकाे राजस्व गुम्दै
बर्षेनी राज्यलाई अर्बाै कर तिर्ने कम्पनीकाे डुप्केट सिगरेट कम्पनीले मार्केट लिएपछि कम्पनीले कुनै निर्णायक पहल गर्न सकेकाे छैन । अहिले सिमा क्षेत्रमा हुने खपत अनुमानित २०-३०% ले घटेकाे छ र साे बराबरकाे कर राज्यलाई घाटा भइरहेकाे डिलर यादवले बताए ।
डुप्लिकेटलाई पहिचान कसरी गर्ने ?
भारतमा निर्माण भई नेपालमा बिक्रिभईरहेका खुखुरी सिगरेटमा नक्कली अन्त: शुल्क स्टिकर टांसिएर बिक्रिभईरहेका छन । लगभग ५/६ प्रकारकाे फरक सजिलै बुझ्न सकिन्छ । वास्तविक खुकुरी सिगरेट प्याकेटमा उद्योग दर्ता नम्बर १४८८/०३९ छ भने डुप्लिकेटमा १४८८/०३१ छ । त्यस्तै विज्ञापन , लेखाईकाे फन्ट , क्यु आरमा एउटै काेड , सिल्भर पेपर, फिल्टर लगायतका किर्ते गरिएकाे सजिलै फर्जी कम्पनी कै हाे भनी बुझ्न सकिन्छ ।

भारतमा पनि धमाधम बिक्री
भारत उत्तरप्रदेशका सिमार्ती बजारहरुमा एजेन्सी नै संचालनमा छन । सिद्धार्थनगरकाे बढ्नी ,काेटिया , खुनुवा, बलरामपुरकाे पचपेडवा , गैंसडीमा पसलमा गाेदाम बनाई नेपाल पठाउदै आएका रैकेट्स छन । पचपेडवाकाे शम्भु किराना पसल , अमित किराना पसलले घरमा गाेदाम बनाइ नेपाल पठाउने गरेकाे स्राेतले जनाएकाे छ । त्यस्तै बढ्नीमा हरिश किराना पसल लगायत मालगाेदाम राेडमा रहेका केही पसलहरुले पनि बिक्री वितरण गरिरहेकाे स्राेतकाे दाबी छ ।
भारत बनेपछि भारतकाे समेत राजस्व गुमेकाे छ ।

नेपालमा बनेकाे सिगरेट बीस प्याकेटकाे २८२० नेरु पर्छ भने भारतमा बनेकाे सिगरेट मात्र १५०० नेरुसम्ममा बजारभरि पाइन्छन । एउटा स्राेतका अनुसार गाेरखपुर र पटनामा कम्पनी नै स्थापित गरि संचालन भईरहेकाे छ । तर दुवैतिरकाे प्रशासन अनभिज्ञ छन ।कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तमांङ्गले सुचना पाएपछि अनुगमन टीम प्रचालित गरि त्यस्ता पसललाइ कार्यवाही गर्ने बताउनुभयो ।

Facebook Comments Box