ट्रकसहित १८ गोरु नियन्त्रणमा

सेयर गर्नुहोस

अनिल बनिया/ नवलपरासी /भदौ १३

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ट्रकसहित १८ वटा गोरु नियन्त्रणमा लिएको छ। सोमध्ये एक गोरु मृत अवस्थामा फेला परेको छ।गए राति बर्दघाट–४ टीसीएन चोकमा चेकजाँच गर्ने क्रममा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ९१७७ नम्बरको ट्रक रोक्दा गोरुहरू फेला परेका हुन्।प्रहरीले मकवानपुर हेटौंडा–१९ का २८ वर्षीय ट्रक चालक तोयनाथ शिवाकोटीलाई नियन्त्रणमा लिएर पशुपक्षीसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ। उद्धार गरिएका गोरुहरूलाई सुनवल–३ किर्तिपुरस्थित कामधेनु गौशालामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिए।

Facebook Comments Box