१ सयबाहेक अरु दरका भारतीय नोट साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न नेपाली नागरिकलाई आग्रह

सेयर गर्नुहोस

भाद्र १०, २०८२ | काठमाडौंराष्ट्र बैंकले १ सयबाहेक अरु दरका भारतीय नोट साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ ।हाल नेपालमा एक सयभन्दा अरु दरका भारतीय मुद्रा कारोबार गर्न बन्देज छ । यद्यपि केही नेपालीले भारु २ सय, ५ सय र २ हजार दरका नोट साथमा लिएर हिँडेको र ओसारपसार गरेको भेटिएपछि पुनः जानकारीका लागि भन्दै राष्ट्र बैंकले सर्वसाधारणलाई सो निर्देशन दिएको हो ।बैंकले नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको स्मरण समेत गराएको छ ।

Facebook Comments Box