नयां भवन निर्माण गर्ने अध्यक्ष गुप्ताको प्रतिबद्धता
राजन कुमार बानिया पर्सा १० भादौ
पर्साको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वामा रहेको श्री मंगल माध्यमिक बिधालय भिस्वाको पुरानो दुई तल्ले भवन जिर्ण रहेको अवस्थालाई अाज गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता सहितको टोलीले अनुगमन गरेका छन।पुरानो दुई तल्ले बिधालय भवन जिर्ण अवस्थामा रहेकोले कति खेर भतकेर क्षति हुने हो त्यसको गरान्टी नरहेकोले नयाँ भवन बनाउने अध्यक्ष गुप्ताले उदघोष गरेका छन।धेरै पुरानो बिधालय भवन जिर्ण अवस्थामा रहेको ले पुरानो भवन बाट हुने छति लाई मध्यनजर गर्दै मंगलबारको दिन बिधालयको कार्यालयमा बैठक बसी बिभिन बिषयमा छलफल गरि निर्णय गरिएको हो। जिर्ण रहेको पुरानो बिधालय भवन सरसफाई गरि नयाँ भवन बनाउने प्रस्तावमा सहमती भएको छ।बैठकमा गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ,उपाध्यक्ष लिलावती देबी, प्रमुख प्रशासकीय अधिकृत कादिर बाबू देवान, नेता किशोरी साह कानु, वडा अध्यक्ष मौजिलाल साह कानु, विधालयका प्रअ दिनेश पटेल , वडा सदस्य,सुरक्षाकर्मी ,पत्रकार, शिक्षक,स्थानिय अबिभावक लगायतको सहभागीता रहेको थियो।
