१२ बैशाख २०८१, बुधबार

भारतमा अभाव भएपनि नेपाललाई आक्सिजन लगायत स्वास्थ्य सामग्री उपलब्ध गराउने अश्वसान


काठमाडौं । कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै सरकारले भारतलाई पत्राचार गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आवश्यक सामग्रीको लिष्ट परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई उपलब्ध गराएको मन्त्रालय उच्च स्रोतले बतायो ।पत्र पठाए लगत्तै दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग कुराकानी अगाडि बढाएको छ ।

नेपालले लिक्विड अक्सिजन भारतको झारखण्डबाट ल्याउने गरेको छ । नेपालले भारत सरकारसँगै झारखण्डको अक्सिजन उपलब्ध गराउने कम्पनीसँग पनि कुराकानी अगाडि बढाएको छ ।
यतिवेला भारतमा नै अक्सिजन र अन्य स्वास्थ्य सामग्रीको अभाव भए पनि नेपाललाई सकेसम्म छिटो उपलब्ध गराउने आश्वासन भारतीय अधिकारीले दिएका छन् ।

नेपालले सबैभन्दा उच्च प्राथमिकतामा ‘लिक्विड अक्सिजन’ रहेको छ । संक्रमितको संख्या ह्वात्तै बढेमा ‘लिक्विड अक्सिजन’ को अभाव हुने सक्ने सरकारी अधिकारीहरु बताउँछन ।

भारतले देशभित्र अक्सिजनको अभाव भएलगत्तै निर्यातमा बन्देज लगाएको छ । नेपालले लिक्विड अक्सिजन भारतको झारखण्डबाट ल्याउने गरेको छ । नेपालले भारत सरकारसँगै झारखण्डको अक्सिजन उपलब्ध गराउने कम्पनीसँग पनि कुराकानी अगाडि बढाएको छ । सो कम्पनीका अधिकारीहरूले नेपालले आफैं ट्याङ्करको व्यवस्था गरेमा र भारतीय विदेश मन्त्रालयले स्वीकृति दिएमा उपलब्ध गराउन कुनै कठिनाई नहुने जानकारी गराएका छन् ।

एक उच्च अधिकारीले भने, ‘नेपाललाई धेरै मात्रामा अक्सिजन नचाहिने भएकाले सकारात्मक जवाफ आएको छ तर कहिले प्राप्त हुन्छ, यकिन भने छैन ।’ भारतले उपलब्ध गराउने निर्णय गरे लगत्तै सिलिण्डर पठाउन आफूहरू तयार रहेको नेपाली व्यापारीहरूले आश्वासन दिइसकेका छन् ।

त्यसैगरी सरकारले अक्सिजन सिलिण्डर उपलब्ध गराउन पनि भारत सरकारलाई आग्रह गरेको छ । अधिकारीहरूका अनुसार देशभरका अस्पतालहरूमा अक्सिजनको अभाव नभए पनि बिरामी बढेको खण्डमा पर्याप्त अक्सिजन सिलिण्डरहरू भने छैनन् ।

त्यसैगरी रेम्देसिभिर लगायतका अन्य अत्यावश्यक औषधि उपलब्ध गराउन पनि भारतलाई आग्रह गरिएको छ । अस्पतालको आईसीयू युनिटको लागि आवश्यक सर्जिकल सामग्रीहरू समेत माग गरिएको छ ।

यस बाहेक नेपालले भुक्तानी गरिसकेको १० लाख खोप पनि सकेसम्म छिटो उपलब्ध गराउन नेपालले भारतसँग ताकेता गरिरहेको छ । भारतले सो खोप पठाउन ढिला गर्दा ६० वर्षभन्दा माथिकालाई दोस्रो चरणको खोप अभियान प्रभावित हुने खतरा छ ।

तर भारतमा नै यतिवेला अक्सिजनको अभावमा धेरैको मृत्यु भइरहेको हुनाले नेपालले आग्रह गरे पनि भारतले तत्कालै अक्सिजन र अन्य सामग्री पठाउने सम्भावना कम देखिन्छ । भारत आफैंले तत्कालका लागि जर्मनीबाट अक्सिजन ल्याउने तयारी गरिरहेको छ । तर केही ढिलो भएपनि उपलब्ध गराउने आश्वासन दिएको सरकारी अधिकारीहरु बताउँछन् । अनलाइन खबर

धेरै कमेन्ट गरिएका

ताजा उपडेट