जीप दुर्घटना हुदां दुई जना यात्रु गम्भीर घाइते

सेयर गर्नुहोस

अर्घाखाँचीको पाणिनी गाउँपालिका–७, एक्लेभिरमा बिहीबार बिहान लु १ ज ४९१५ नम्बरको बलेरो जिप दुर्घटना भएको हो । छत्रदेव गाउँपालिकाबाट बुटवलतर्फ बलेरो जीप अनियन्त्रित भई सडक किनारमा दुर्घटना हुँदा तीनमध्ये दुई जना यात्रु गम्भीर घाइते बनेका छन् ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र मल्लका अनुसार दुर्घटनामा घाइते भएकामध्ये दुबैजनाको अवस्था गम्भीर छ भने अर्का एक जना सकुशल रहेका छन् । घाइतेहरुलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको प्रहरीको भनाइ छ ।दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण बाटोमा तीव्र गतिमा सवारी चलाउँदा निरन्तर दुर्घटनाका समाचार आउने गरेकाले स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

Facebook Comments Box