पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोल्दै

सेयर गर्नुहोस

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोलेर राजनीतिमा सक्रिय हुने भएकी छन् ।काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा राखिएको सम्पर्क कार्यालयको आज उदघाटन गर्न लागिएको हो ।भण्डारी समुहले यसलाई ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनेको छ । समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् ।समितिकी संरक्षक समेत रहेकी भण्डारीले आज दिउँसो २ बजे कार्यालय उदघाटन गर्ने कार्यक्रम रहेको छ ।मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति यस अघि नै बनाइएको छ ।अहिले भाडामा लिइएको यसै घरबाट मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएको बताइएको छ ।मदन भण्डारीको रहस्यमय निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि यही घरबाट चुनावी अभियान चलाएकी थिइन् भने अहिले भण्डारीले सोहि घरलाई भाडामा लिएर एमालेमा आफ्नो प्रभाव जमाउने प्रयास गर्ने भएकी छन् ।एमालेले सदस्यता नदिने भएपछि पनि भण्डारी आफु एमालेकै सदस्य रहको दाबि गर्दै राजनीतिमा सक्रिय हुन थालेपछि एमालेमा नयाँ द्वन्द हुने निश्चित देखिएको छ ।

Facebook Comments Box