गौतम बुद्ध साझेदारी बन उपभोक्त समूहद्वारा ३ सय बिरुवा रोपण

सेयर गर्नुहोस

शम्भु बिश्वकर्मा

कपिलवस्तु, बिजयनगर  / कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका–६ उज्ज्वलपुरमा अवस्थित गौतम बुद्ध साझेदारी बन उपभोक्त समूहले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। समुहका अध्यक्ष प्रबेज आलम खाँको नेतृत्वमा ३ सय वटा टिक प्रजातिका बिरुवा रोपिएको हो।

वृक्षारोपण कार्यक्रम बिजयनगर गाउँपालिका–१ भगिरामपुरस्थित गौरिघाट चिरइ खोलानजिक सम्पन्न भएको हो। अध्यक्ष खाँ का अनुसार वातावरण संरक्षण तथा हरियाली विस्तार गर्ने उद्देश्यले वृक्षारोपण गरिएको हो।

समूहका सदस्य सचिव तथा सब डिभिजन बन कार्यालय गुगौलीका प्रमुख राघवेन्द्र प्रसाद चौधरीले बृक्षारोपणबाट खाली जमिनको सदुपयोग हुनुका साथै बन अतिक्रमणमा रोक लगाउने अपेक्षा गरिएको बताए।

यसैबीच, सो कार्यालयका रेन्जर टोप बहादुर गुरुङ्गले वृक्षारोपणले तटबन्धको काम गर्ने, उजाड भूमिलाई हरियालीमा बदल्ने र पर्यावरण संरक्षणमा सहयोग पुग्ने बताए। साथै, बृक्षारोपण गरिएको क्षेत्रमा रहेको झोलुङ्गे पुलको पनि संरक्षणमा टेवा पुग्ने उल्लेख गरे।

वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन, जमिनको उचित उपयोग तथा बन अतिक्रमण नियन्त्रणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Facebook Comments Box