हनुमान मन्दिरमाथि मुद्दा , अदालतले २४ गते डाेर खटायाे
कपिलवस्तु , साउन ८ । बाटाे माग गर्दै जिल्लाकाे एउटा हनुमान मन्दिरमाथि मुद्दा परेकाे छ ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका वडा ३ अवस्थित स्थानीय हिन्दुधर्मावलम्बीकाे आस्थाकाे केन्द्र रहेकाे हनुमान मन्दिरमाथि एक जनाले बाटाे पाउं भनी जिल्ला अदालतमा मुद्दा हालेका छन ।
२०५६ सालमा राम कुमार बर्माले जग्गा दान गरेकाे एउटै कित्तामा स्थानीय भद्रभला र हिन्दु सममुदायका अगुवा मिलेर हनुमान मन्दिर निर्माण गरेका थिए । वरपर खेतीयोग्य जग्गा छ साथै मन्दिरसम्म पुग्न एउटामात्र बाटाे छ । स्थानीय व्यापारी नन्दलाल चाैधरीले बाटाे नभएकाे मन्दिर छेउकाे जग्गामा नक्सा पास नै नगरी दुई तल्ले घर निर्माण गरेका छन । निर्माणका क्रममा चाैधरीले मन्दिरकाे लागि धर्मशाला बनाउदै छु भनेपछि मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुले खासै विराेध गरेन्न तर पछिला समयमा घरधनी चाैधरीले हनुमान मन्दिरकाे प्रांगण हुँदै बाटाे पाउं भनी अदालतमा निवेदन दिएका छन । हनुमान मन्दिरमाथि मुद्दा हालेर बाटाे लिने तिनकाे मनसाय रहेपनि हामी हिन्दु धर्मावलम्बीहरुकाे आस्थाका केन्द्र भगवान हनुमानकाे मन्दिरबाटै बाटाे दिन नसकिने समितिका अध्यक्ष जीवन श्रीवास्तवकाे भनाई छ ।
मन्दिर सार्वजनिक सम्पत्ति हाे । मन्दिर बनिसकेकाे पचीसौं बर्ष पछि सास्ताेमा खेतीकाे जग्गा किनेर घर बनाउनेलाई मन्दिर प्रांगणबाट बाटाे दिन नमिल्ने क्षेत्र ३ का प्रातिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ताका स्विकिय सचिव बृजेश कुमार गुप्ताले बताउनुभयाे । गुप्ताले नेपालकाे संविधानमा सबैले आफ्नाे धर्मसंस्कृतिका संरक्षण , सवंर्धन गर्न पाउने अधिकार दिएका कारण अनावश्यक विवाद सृजना गरि मन्दिरलाई विवादित बनाउन खाेज्नु दुर्भाग्यपूर्ण रहेकाे बताए ।
हालसम्म मन्दिर निर्माण गाउँ गाउँ डुलेर चन्दा संकलन गरि बनाइएकाे छ । नगरपालिका लगायतका कुनै पनि निकायले मन्दिरमा सहयाेग नगरेकाे जनमत पार्टीका नेता मनाेज कुमार ओझाकाे भनाई छ । मन्दिर हुँदै बाटाे माग गरेका चाैधरीले जानि जानि बाटाे नभएकाे जग्गामा घर बनाएकाे लालपुर्जामा स्पष्ट देखिन्छ तर कसैकाे लहलहैमा लागेर मुद्दा हालेकाले साउन २४ गते अदालतबाट डाेर खटेकाे बताए । उनले स्थानीय हिन्दुधर्मावलम्बी लगायत जनप्रतिनिधि सबैले मन्दिर संरक्षणमा अगाडि आउनुपर्ने बताउनुभयाे । ओझाले ४१ फिट उचाई भएकाे हनुमान मुर्ति रहेकाे मन्दिरकाे आफ्नै महत्व रहेकाे बताउनुभयो । प्रत्येक मंगलबार भण्डारा हुने गरेकाे याे मन्दिर भारत उत्तरप्रदेशका मुख्यमन्त्री याेगी अदित्यनाथले समुद्घाटन गरेकाे साथै जिल्लाकाे ठुलाे हनुमान मुर्ति रहेकाे मन्दिर पनि हाे ओझाले बताए ।
मुद्दा हाल्ने व्यक्ति नन्दलाल चाैधरीले मन्दिर हुँदै बाटाे मांगेपछि स्थानीय हिन्दु संघसंगठन र हिन्दुसमर्थकहरुले आक्राेश व्यक्त गरेका छन । राप्रपाका नेता सुनिल कुमार माेदनवालले कुनै पनि हालतमा मन्दिर प्रांगण हुँदै बाटाे दिनुहुन्न , अदालतले पनि हिन्दु समुदायकाे मन्दिर तथा जनभावनामाथि अन्याय गर्न नसक्ने जिकिर गरे ।साथै सबै हिन्दुसंगठनले मन्दिरकाे अस्तित्व बचाउन लाग्नुपर्ने बताए ।
