संघीय सरकारकाे निर्णय लत्तयाई पट्के असुल्दै प्रदेश सरकार
कपिलवस्तु , साउन ६ । लुम्बिनी प्रदेश सरकारले संघीय बजेट कार्यविधि २०८२/०८३ लत्याइ नेपाल भित्रिने भारतीय गाडीबाट पट्के असुल्दै आएकाे छ ।
संघीय संसदकाे संयुक्त बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बिष्णु पाैडेलले आर्थिक बर्ष ८२/८३ काे बजेट वक्तव्यमा अन्तर्राष्ट्रिय सिमानाकाबाट अस्थायी पैठारी हुने सवारी तथा ढुवानीका साधान र हेबी इक्युपमेन्टमा प्रचालित कानुन बामाेजिम भन्सार बिन्दुमा भन्सार महशुल संकलन गरेपश्चात प्रदेश र स्थानीय तहले थप दस्तुर व शुल्क लिन नपाउने व्यवस्था गरेकाे छ । तर अहिलेपनि लुम्बिनी प्रदेश सरकारले प्रदेशका विभिन्न नाकाबाट भित्रिने सवारी गाडीबाट पट्के असुल गरिरहेकाे छ ।
लुम्बिनी प्रदेश सरकार मताहतका यातायात व्यवस्था सेवा कार्यालयहरुले माेटर साइकल २ सय , कार भ्यान र चारपांग्रे ३ सय , मझाैला गाडी ७ सय र ठुला सवारी गाडीकाे १ हजार पट्के असुली गर्दै आएकाे यातायात व्यवस्था सेवा कार्यालय कपिलवस्तुका प्रमुख गाेविन्द चाैधरीले बताउनु भयाे । पुरानाे राजस्वबाट केही रकम घटाएर अहिले भारत लगायत अन्य देशबाट नेपाल भित्रिने सवारीसाधनबाट नियमित असुलै आइएकाे चाैधरीले जानकारी दिनुभयाे ।
कपिलवस्तु जिल्लाकाे कृष्णनगर , सुठाैली नाकाबाट दैनिक सैयाैं गाडी भारतीय पर्यटक नेपाल प्रवेश गर्छन । विभिन्न धार्मिक स्थलमा पनि जान्छन, भन्सारसंगै पट्केपनि तिर्दा दाेहाेराे करकाे मर्कामा परिरहेकाे तिनिहरुकाे भनाई छ ।

