कांग्रेस पुरानो र मूल्यहीन पार्टी भन्ने भाष्य बनाइयो, त्यसलाई चिरौँ : गगन थापा

सेयर गर्नुहोस

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पुरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आज नेपाली कांग्रेसको मुख्य चुनौती भनेकै पुरानो र थोत्रो खराब हो र मूल्यहीन हो भन्ने कुरालाई चिर्नु रहेको बताए। समाजमा स्थापित गर्न खोजिएको कांग्रेस पुरानो भयो भन्ने नकारात्मक भाष्यबाट बाहिर निकाल्नु जरुरी रहेको उनले बताए।

कांग्रेस पुरानो हुनुमा आफूलाई गर्व रहेको बताएँदै थापाले कांग्रेसले देशमा धेरै परिवर्तन ल्याएको र योगदान गरेको बताए।

नयाँ परिवेश र नयाँ कुरा सिकेर अघि बढ्ने गरी कांग्रेस अघि बढिरहेको उनले बताए। थाहा खबर

Facebook Comments Box