‘प्रहरीको प्राथमिकता रासन कि हतियार ?’

सेयर गर्नुहोस

काठमाडौँ : सांसदहरूले नेपाल प्रहरीलाई हतियार र रासन कुन बढी प्राथमिक हो भन्दै प्रश्न गरेका छन्।

संघीय संसद् राष्ट्रियसभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्ने सांसदहरूले यस्तो प्रश्न गरेका हुन्।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्कीले प्रहरीलाई पर्याप्त मात्रामा रासन र बस्ने उचित व्यवस्था गर्न नसकेका वेला रासन र बसोवासको व्यवस्थापन प्राथमिकता हो कि हतियार भनी सोधे।

सांसद अछामीले भने, ‘एकातिर प्रहरी साथीहरूको पर्याप्त रासन छैन। खानेबस्ने व्यवस्था छैन। अरू सुविधा छैन। हतियार हाम्रो प्राथमिकता हो कि ? व्यवस्थित बस्ने र स्रोत साधन व्यवस्थापन मुख्य हो? हाम्रो जनशक्ति र आवश्यकता के हो भन्ने कोणबाट सोच्नुपर्ने अवस्था छ।’

सांसदको प्रश्नमा जवाफ दिँदै प्रहरी महानिरीक्षक दीपक थापाले हतियार खरिदको विषय सरकारको पनि प्राथमिकतामा रहेको उल्लेख गरे। उनले हतियार प्रहरीका लागि नभई नहुने अवस्था आएकाले खरिद गर्न लागिएको स्पष्ट पारे।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हतियार खरिद नियमविपरीत नहुने स्पष्ट पारे। गृहमन्त्री रमेश लेखकले प्रहरीका हतियार पुराना भएका र काम नलाग्ने अवस्था भएका कारण सरकारले हतियार किन्ने तयारी गरेको उल्लेख गरे।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा प्रस्तुत गरेको बजेटमा ‘प्रहरीका लागि हतियार तथा सुरक्षा उपकरण खरिद गर्न’ भनेर ९२ करोड विनियोजन गरिएको छ। थाहा खबर

Facebook Comments Box