नेसपा (नयाँ शक्ति) ले प्रसंसा अभियान चलाउने

सेयर गर्नुहोस

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले ५ महिने प्रसंसा अभियान चलाउने भएको छ।

शनिवार पार्टी केन्द्रीय कार्यालयमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पार्टीका महासचिव सोनाम सिंह स्याङतानले यस्तो बताएका हुन्। उनले यसअघि पनि पार्टीले ३ महिने प्रसंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको दाबी गरे।

उनले प्रसंसा अभियान २ भनेर अब पाँचमहिने अभियान सञ्चालन हुने जानकारी दिए। प्रसंसा अभियान प्रशिक्षण, संगठन र सामाजिक परिचालनका रूपमा रहेको बताए।

उनले भने, ‘हामीले प्रसंसा अभियान २ भनेर पाँचमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ। प्रशिक्षण, संगठन र सामाजिक परिचालन भनेको प्रसंसा अभियान हो। यो भनेको शासनमा देखिएको समस्या र भ्रष्टाचारविरुद्धको अभियान हो। ०८४ को निर्वाचन आउन करिब डेढ वर्ष बाँकी छ। पार्टीको आन्तरिक संगठन, मुद्दा कसरी लैजाने भन्ने समेटेर हामी अघि बढिरहेका छौँ।’

उनका अनुसार पार्टीले ०८४ को निर्वाचनलाई लक्षित गरेर पार्टीको आन्तरिक संगठन सुदृढीकरण, विस्तार गरिरहेको छ। थाहा खबर

Facebook Comments Box