एमाले पोलिटब्यूरो बैठककाे दोस्रो दिन : नेताहरूले धारणा राख्ने क्रम जारी

सेयर गर्नुहोस

काठमाडौं : नेकपा एमालेको पोलिटब्युरो बैठकको दोस्रो दिन शनिबार पनि जारी छ। शुक्रबारबाट पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकमा नेताहरूले विधान संशोधन प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ। शुक्रबारको बैठकमा आठ जना सदस्यले आफ्नो धारणा राखेका थिए।

एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रियता बढाएपछि ७० उमेर हद र दुई कार्यकालको व्यवस्था मुख्य बहसको विषय बनेको छ। तर, सचिवालय बैठकले यो दुवै व्यवस्था हटाएर केपी ओलीलाई तेस्रो पटक अध्यक्ष बन्न बाटो खुला गरिसकेको छ।

भण्डारी पक्षीय नेताहरू सचिवालयको निर्णय परिमार्जन गर्न चाहेका छन् भने जस्ताकाेत्यस्तै पारित गर्ने प्रयत्नमा ओली पक्षी नेताहरू छन्।

यो बैठक सकिए लगत्तै यही साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्दै छ। यो बैठकले विधान महाधिवेशनमा पेस गर्ने प्रतिवेदनलाई अन्तिम रूप दिनेछ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा हुँदैछ। थाहा खबर

Facebook Comments Box