गृहमन्त्रीको दाबी : देशमा शान्ति सुरक्षा ठिक छ

सेयर गर्नुहोस

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षा ठिक रहेको बताएका छन्।

शुक्रवारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा र नागरिकको जीउ धनको रक्षा गर्ने काममा लागिरहेको बताए।

उनले अपराधको न्यूनीकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानून बमोजिम सजाय गर्ने काममा पनि गृह प्रशासनले काम गरिरहेको बताए। शान्ति सुरक्षाको स्थिति अहिले अनुकूल रहेको गृहमन्त्रीको दाबी छ।

अपराध नियन्त्रण गर्ने कुरामा मन्त्रालय निरन्तर लागिरहेको र आपराधिक कार्य गरेर फरार भएकाहरू पनि पक्राउ गरिरहेको बताए।

गृहमन्त्री लेखकले भने, ‘मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था ठिक छ। गृह मन्त्रालयको पहिलो जिम्मेवारी भनेकै शान्ति सुरक्षा सुनिश्चित गर्ने कुरा हो। नागरिकको जीउधनको सुरक्षा गर्ने हाम्रो पहिलो जिम्मेवारी हो। अपराधको न्यूनीकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानूनबमोजिम सजाय गर्ने अर्को जिम्मेवारी हो।’

गृहमन्त्री लेखकले लगुऔषध न्यूनीकरण, नियन्त्रण, निषेध गर्ने कुरामा सबै मिलेर जानुपर्ने अवस्था रहेको बताए। सडक दुर्घटनाको नियन्त्रण जरुरी रहेको बताए। थाहा खबर

Facebook Comments Box