कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
काठमाडौं : पूर्वाधार विकास समितिका समापति दीपकबहादुर सिंहले कलंकी–नारायणगोपाल चोक– कोटेश्वर क्षेत्रमा भइरहेको चक्रपथ विस्तारका क्रममा पहिलेका गल्ती नदोहोर्याउन आग्रह गरेका छन्।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सिंहले रिङरोड बिस्तार गर्दा कहाँनेर ओभरपास वा अण्डरपास राख्ने हो, अहिले नै स्पष्ट हुनुपर्ने बताएका हुन्। आवश्यक ठाउँमा ओभरपास नराख्दा पछि थप्नुपर्ने र आवश्यक नभएको ठाउँमा राख्दा पछि भत्काउनुपर्ने परिपाटीले लागत र समय दुवै खेर गएकोतर्फ उनले यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराए।
उनले कलंकी–बल्खु क्षेत्रमा बनेका संरचना, त्यहाँ हुने सवारी जाम लगायतका कुराबाट सिकेर नयाँ—नयाँ पूर्वाधार निर्माण गर्न पनि जोड दिनुभयो। थाहा खबर
Facebook Comments Box
