चक्रपथ विस्तारको काम सधैँ ‘होल्ड’मा राख्ने भए विकल्प खोज्नुपर्छः सांसद ज्वाला

सेयर गर्नुहोस

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर चक्रपथ विस्तारको काम छिटो काम अगाडि बढाउन आग्रह गरेका छन्।

शुक्रवार सिंहदरबारमा बसेको संसदको पूर्वाधार विकास समितिको बैठकमा उनले यस्तो आग्रह गरेका हुन्। सांसद ज्वालाले चिनियाँ कम्पनीले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम सँधै ‘होल्ड’ मा राख्ने हो भने विकल्प खोज्नुपर्ने बताए।

सांसद ज्वालाले सर्वसाधारणलाई प्राविधिक कुरा वा सरकारी प्रक्रियासँग सरोकार नभएको भन्दै सबैले छिटो परिणाम खोजेको स्पष्ट पारे। काम शुरु हुने हो भने कहिलेदेखि हुने र नहुने भए विकल्पका लागि तयार रहन पनि उनले आग्रह गरे। सांसद ज्वालाले राजधानीकै सडकको बेहाल हुनु लाजमर्दो कुरा भएको बताए। उनले दुर्गमतिर, कर्णाली वा सुदूरपश्चिमतिर झन् कस्तो अवस्था होला भन्दै प्रश्न गरे।

उनले चक्रपथ विस्तारको काम छिटो शुरु गर्न आग्रह गर्दै सरकारको तर्फबाट गर्नुपर्ने कामको बारेमा स्पष्ट पार्न आग्रह गरे। थाहा खबर

Facebook Comments Box