भीरबाट लडेर युवकको मृत्यु

सेयर गर्नुहोस

काठमाडौँ : रुकुम पश्चिमको बाँफिकोटमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

बाँफिकोट गाउँपालिका–१ माथिगाउँ निवासी ३३ वर्षीय अजय मल्लको गएराति मृत्यु भएको हो ।

बाँफिकोट गाउँपालिका–२ स्थित राम्चेडाँडामा रहेको भीरबाट खसेर उनको मृत्यु भएको त्यहाँका वडाध्यक्ष प्रकाश खत्रीले जनाकारी दिए।

गाउँको पल्लोपट्टि चिसापानी भन्ने ठाउँमा लागेको मेलाबाट फर्किँदै गर्दा मल्ल भीरबाट लडेका थिए। भिरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। थाहा खबर

Facebook Comments Box