एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउने चर्चापछि इतर पक्षीय नेताहरू भन्छन् : यस्तो कसरी हुन्छ ?

सेयर गर्नुहोस

काठमाडौं : नेकपा एमालेमा आज (बिहीबार)देखि विधान संशोधनको बहस औपचारिक रुपमा सुरु हुँदैछ। पार्टी मुख्यलय च्यासलमा बस्ने केन्द्रीय सचिवालय बैठकमा संशोधित विधानको खाका प्रस्तुत हुने र त्यसमाथि नेताहरूले धारणा राख्ने छन्।

एमालेमा ७० वर्षे उमेरहद कायम रहने वा हट्ने, दुई कार्यकाल एउटा पदमा रहिसकेपछि तेस्रो पटक सोही पदमा उम्मेदवार हुन पाउने वा नपाउने प्रवधान विधानमा मुख्य चासोको विषय बनेको छ।

साथै यही बेला वरिष्ठ उपाध्यक्ष पद हटाउने चर्चाले एमालेमा अर्को तरंग पैदा गरेको छ। वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल इतर समूह (विद्या भण्डारीको पक्ष)मा खुलेर लागेका बेला उक्त पद नै हटाउने चर्चा आएको हो।

यस सन्दर्भमा इतर पक्षीय भनेर चिनिँदै आएका नेताहरू सहमत देखिँदैनन्। विगतमा पार्टी विभाजन हुँदा एमालेमै रहेर ‘दश भाइ’को ट्याग पाएका नेताहरू वरिष्ठ पद हटाउने तयार देखिँदैनन्।

एमालेमा सचिव गोकर्ण विष्टले थाहाखबरसँग भने, ‘यस्तो कसरी हुन सक्छ !’ यद्यपि यसबारे आफूसँग आधिकारिक जानकारी नआएकाे र छलफल पनि नभएकाे बताए।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले यसबारे सचिवालयमा विधानको खाका प्रस्तुत भएपछि मात्र सबै कुरा भन्न सकिने बताइन्।

‘विधानमा के कस्ता संशोधन गर्न लागिएको छ। यी सबै विषय अब बैठकमा आउला । त्यसपछि मात्र सबै भन्न सकिन्छ ।’ थाहा खबर

Facebook Comments Box