बालेनले उठेर ताली बजाउँदै सुनितालाई दिए बधाई

सेयर गर्नुहोस

काठमाडौँ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले विश्व नेताका रूपमा सम्मान पाएकी उपप्रमुख सुनिता डंगोललाई उठेर ताली बनाउँदै बधाई दिएका छन्। आज बसेको काठमाडौं महानगरपालिका, नगरसभा १७‌ औँ अधिवेशन दोस्रो बैठकमा प्रमुख साहले उपप्रमुख डंगोललाई बधाई तथा शुभकामना दिएका हुन्।

बैठकमा नगर सदस्य शर्मिला परियारले नगरसभाबाट उनलाई बधाई तथा शुभकामना दिनुपर्ने विषय उठाएकी थिइन्।

उनले भनिन्, ‘चारैतिरबाट बधाई आइरहेको समयमा हामी यो नगरसभाले किन बधाई, सम्मान र शुभकामना व्यक्त नगर्ने?, हाम्रो उपप्रमुख सुनिता डंगोल राजनीतिक क्षेत्रबाट विश्व आर्थिक मञ्च २०२५ बाट सम्मानित हुनु भएकोमा यस सभाले बधाई ज्ञापन गर्दछ,सबै उठेर ताली बजाएर बधाई दिउँ,यसले नयाँ ऊर्जा जोस राख्नेछ।’

उनले यति माग गरेपछि नगरसभा सदस्यहरू र प्रमुख साह उठेर ताली बजाएका थिए। स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको रुपमा उपप्रमुख डंगोल चयन भएकी छिन्। थाहा खबर

Facebook Comments Box