जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं : जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेकाे संसदीय दलकाे बैठकले समर्थन फिर्ता लिने निर्णयलाई औपचारिकता प्रदान गरेकाे जसपा नेपालका प्रवक्ता मनिस सुमनले जानकारी दिए।
गत ९ असारमै गरेकाे केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेकाे समर्थन फिर्ताकाे निर्णय गरेका थियाे। तर बीचमा सरकारसँग केही संवाद भएकाले समर्थन फिर्ताकाे निर्णयलाई औपचारिकता दिन ढिलाइ भएकाे थियाे।
३० असारमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ प्रमखु घटक कांग्रेसका सभापति शेरबहादुर देउवासँगकाे भेटमा अध्यक्ष उपेन्द्र यादवले केही सर्त अघि सारेका थिए। तर ती सर्तमा सरकार सकारात्मक नदेखिएपछि प्रतिपक्षमा बस्ने निर्णयमा पुगिएकाे प्रवक्ता सुमनले बताए। थाहा खबर
Facebook Comments Box

