रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन समय लाग्छ : मन्त्री खड्का
काठमाडौँ : उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले रसुवा भोटेकोशी बाढीबाट क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन समय लाग्ने बताएका छन्।
राष्ट्रियसभाको मंगलवारको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
यो आयोजनाको हेडबक्समा पूर्णरुपमा क्षति भएकाले केही समय अझै लाग्ने बताए। उनले बाढीका कारण त्रिशुली नदी करिडोरमा सञ्चालन रहेका केही महत्वपूर्ण जलविद्युत आयोजनाहरू तथा प्रशारण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गरे।
६० मेगावाट क्षमता रहेको त्रिशुली ए जलविद्युत आयोजना केही दिनमै सञ्चालन हुने बताए।
बाढीका कारण करिब २६० मेगावाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा विच्छेद भएको उनले जानकारी गराए। थाहा खबर
Facebook Comments Box

