रास्वपालक्षित सांसद केसीको टिप्पणीः पुरानाले देश बिगारे भन्दै घण्टी बजाउँदै आएकाहरूको हालत पनि उस्तै छ
काठमाडौं : राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सत्तामा रहेका मन्त्रीहरू नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन्। सत्ता र सरकारमै रहेकाहरूको देश लुट्ने र घुस खाने प्रवृत्तिले लोकतन्त्र र गणतन्त्रविरोधीलाई मलजल मिलिरहेको उनको भनाइ छ।
सत्ता र शक्तिमा बस्नेहरूको काम राष्ट्र र जनताको हितमा नभई व्यक्तिगत स्वार्थमा मात्रै सीमित भएको टिप्पणी गरे। उनले पुराना पार्टीहरूको आलोचना आएका नयाँहरूको व्यवहार पनि फरक नभएको टिप्पणी गरे। रास्वपालाई लक्षित गर्दै घण्टी बजाउँदै आएकाहरूको व्यवहार पनि फरक नरहेको उहाँको भनाइ छ।
उनले व्यवस्थाको रक्षाका लागि सत्तासिन दलहरू दलीय र व्यक्तिगत स्वार्थबाट मुक्त हुन जरुरी रहेको बताए। थाहा खबर
Facebook Comments Box

