सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त छ, मुलुक विचौलियाले चलाइरहेको पुष्टि भयोः माओवादी सांसद राई
काठमाडौं : नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त रहेको तथा मुलुक विचौलियाले चलाइरहेको पुष्टि भएको टिप्पणी गरेकी छिन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले पछिल्लो समय बिचौलियाहरुको चलखेल र घुस डिलसम्बन्धी समाचार नियमित रुपमा आउन थालेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराइन्।
उनले पालिकाका प्रमुख प्रशासकीय अधिकृत र भूमि आयोगको अध्यक्ष नियुक्तिसम्बन्धी अडियो सार्वजनिक भएको घटनालाई स्मरण गर्दै प्रधानमन्त्रीमाथि प्रश्न गरिन्। उनले मन्त्रीका घुस डिलहरू बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न पनि गरिन्। उनले प्रधानमन्त्री र मन्त्रीहरूमा नैतिकताको खडेरी रहेको पनि टिप्पणी गरिन्। थाहा खबर
Facebook Comments Box

