८४ पुगे पशुपति समशेर, भने- राजनीति मेरो प्राणमै छ
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राजनीति आफ्नो प्राणमै रहेको बताएका छन्।
शुक्रवार काठमाडौँमा आफ्नो ८४औँ जन्मदिनका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो वंश परम्परा पनि राजनीति नै रहेको बताए।
आफू दरबारिया सुख सयलमा हुर्किएको र त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन रहेको स्मरण गरे। आफूले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएको र नेपाली जनताको सुखदुःख बुझ्ने कोशिस गरेको उनले बताए। आफ्नो जीवनको सबैभन्दा बढी उर्जाशिल समय राजनीति नै रहेको बताए।
सांसद जबराले आफूले विभिन्न कालखण्डमा मुलुकको विभिन्न मन्त्रायलको नेतृत्व लिएर जनताको सेवा गर्न मौका पाएको बताए।
आफू शिक्षामन्त्री हुँदा (विसं २०३५ सालमा) काठमाडौँ उपत्यकाको प्राचीन मन्दिर एवं पुरातात्विक ठाउँहरुको संरक्षणका लागि युनेस्केको विश्व सम्पदाको सूचिमा सूचिकृत गराउन मूल भूमिका निर्वाह गर्ने मौका पाएको पनि उनले स्मरण गरे। थाहा खबर

