सरकार स्थिर कर नीतिको पक्षमा छ : उपप्रधानमन्त्री पौडेल

सेयर गर्नुहोस

काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा रहेको बताएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले उपभोक्ता र व्यवसायीहरू सरकारले करका नीतिमा तल माथि गरिरहेको र जसले विश्वसनीयता नभएको भन्ने गुनासो गरेको भन्दै अब विश्वासका साथ रहन आग्रह गरे।

उनले करका नीति तल माथि भइरहन्छन् भन्ने शंका नगर्न पनि आग्रह गरे। करको दायरा बढाउन जरुरी रहेको बताए। सरकार मूलतः एउटा कर नीति र करका दरमा सापेक्षित स्थिरताको पक्षमा रहेको बताए। त्यसै हिसाबले आगामी आर्थिक वर्षको बजेट ल्याएको उनको दाबी छ।

उपप्रधानमन्त्री पौडेलले भने, ‘ हाम्रो करको नीति विश्वसनीय छैन। सरकारले तल माथि र यता उति गरिरहन्छ भन्ने आशंका थियो। त्यो आशंका निजी क्षेत्र, करदाताहरू कसैले पनि गर्न पर्दैन। हामी स्थिर कर नीतिको पक्षमा छौँ।’

उपप्रधानमन्त्री पौडेलेल जलविद्युत्‌को उत्पादन प्रवर्धन गर्ने, लचिलो नीति ल्याउने काम आफूहरूले विगतमा गरेको बताए। जलविद्युत्‌को विकासमा निजी क्षेत्रको लगानी बढाउन अनुकूल नीतिहरू ल्याउने बताए। थाहा खबर

Facebook Comments Box