बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौँ–सांसद गौतम

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बैंकर र व्यवसायी छुट्याउने भए कुलिङ पिरियड राखिनुपर्ने बताएकी छिन् ।

अर्थ समितिमा बिहीवार भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन् । उनले राज्यले कुनै व्यवस्था गर्दै गर्दा उद्योग–व्यवसायीको सम्पत्तिको क्षति नहुने गरी व्यवहारिक हिसाबले लिनुपर्ने बताइन् । बैंकर र व्यवसायी छुट्याउने भए कुलिङ पिरियड अनिवार्य रुपमा ३ वर्ष राख्नुपर्ने उनले बताइन् ।

उनकाअनुसार बैंकर र व्यवसायी छुट्याउँदा स्वार्थको द्वन्द्व अन्त्य हुनसक्छ। थाहा खबर

Facebook Comments Box