रास्वपामा उपनिर्वाचनसम्बन्धी कामको नेतृत्व सहमहामन्त्री आचार्यले गर्ने

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कामको नेतृत्व गर्ने जिम्मेवारी सहमहामन्त्री विपिनकुमार आचार्यलाई दिएको छ। रास्वपाको बुधबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

बैठकबाट उपनिर्वाचन हुने रुपन्देही ३ का लागि उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

महामन्त्री बुर्लाकोटीका अनुसार पार्टीले केही दिनभित्र कार्यविधिअनुसार उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्नेछ। त्यसपछि प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी तय कार्यविधिअनुसार उम्मेदवार छनोट गरिने उनले बताए।थाहा खबर

Facebook Comments Box