पार्टीका उम्मेदवारलाई असहयोग गर्ने कांग्रेस लुम्बिनीका महामन्त्री निष्काशित
काठमाडौं : नेपाली कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्काशित भएका छन्। असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले उनलाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको ठहर गर्दै कारबाही गरेको हो।
उजुरीपछि खनाललाई स्पष्टीकरण सोधिएको थियो । तर चित्तबुझ्दो जवाफ नदेखिएकोले प्राप्त प्रमाणको आधारमा कांग्रेसको विधान २०२७ (संशोधनसहित)को धारा ३४ को उपधारा १ क ख र घ तथा उपधारा ङ बमोजिम १ वर्षका लागि पार्टी सदस्यबाटै निष्काशन गर्ने निर्णय गरिएको हो।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले खनाललाई कारबाही गरिएको जानकारी पार्टी सभापति शेरबहादुर देउवा र उनीसम्बन्धित प्रदेश र जिल्लालाई पनि बोधार्थ पत्र पठाएका छन्। थाहा खबर
Facebook Comments Box

