अस्ट्रेलियामा टप इन्ड टी–२० शृङ्खला खेल्ने नेपालको तयारी, तालिका सार्वजनिक
२४ असार २०८२, मंगलवार
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा खेल्ने टप इन्ड टी–२० शृङ्खलाको तालिका सार्वजनिक भएको छ। शृङ्खलाका आयोजक नर्दन टेरिटोरी (एनटी) क्रिकेटले प्रतियोगिताको पूर्ण तालिका सार्वजनिक गर्दै नेपालसहित सहभागी टोलीहरूको प्रतिस्पर्धात्मक तयारीलाई औपचारिक बनाएको हो।
यस टी–२० शृङ्खलामा नेपालले नर्दन टेरिटोरी स्ट्राइक्स, बङ्गलादेश ‘ए’, पाकिस्तान ‘ए’, साथै बिग बाश लिग (BBL) का तीन लोकप्रिय टोली — मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स र मेलबर्न रेनेगेड्स सँग प्रतिस्पर्धा गर्नेछ।
शृङ्खलालाई सन् २०२६ मा हुने आईसीसी टी–२० विश्वकपको एशिया छनोटको तयारीस्वरूप लिइएको हो। यो छनोट प्रतियोगिता आउँदो अक्टोबर १ देखि १७ सम्म ओमानमा आयोजना हुनेछ।
त्यसअघि नेपालले सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने पनि तय भइसकेको छ। लगातार हुने यी शृङ्खलाहरू नेपालका लागि ठूलो अभ्यास र अनुभव संकलनको अवसर हुने अपेक्षा गरिएको छ। बुटवल टुडे
