विश्व हिन्दू महासङ्घ एकता घाेषणा , हिन्दुराष्ट्रका लागि संघर्ष गर्ने तैयारी

सेयर गर्नुहोस

yy

काठमाडाैं । विश्व हिन्दू महासङ्घका दुई समितिबीच रामनवमीको अवसर पारेर वैशाख ८ गते राजधानीमा एकता घोषणा हुने भएको छ ।

दुई समितिबीच एकताका लागि आइतबार सहमति भएको नेपाल राष्ट्रिय समिति दर्ता नं. ३३८ कलङ्कीका अध्यक्ष एवं पूर्वमन्त्री डा रामचन्द्र अधिकारीले राससलाई जानकारी दिए । सबै हिन्दू धर्मावलम्बीलाई एकताको सूत्रमा आबद्ध गर्न महासङ्घ अन्तर्राष्ट्रिय समिति अन्तर्गतको राष्ट्रिय समिति र राष्ट्रिय समिति दर्ता नं। ३३८ कलङ्कीका बीच आइतबार सहमति भएको हो ।

एकता गर्ने सहमतिलाई महासङ्घ अन्तर्राष्ट्रिय समितिले पनि अनुमोदन गरेको महासचिव अस्मिता भण्डारीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । संसारभरका हिन्दू ओमकार परिवारको छाता संस्थाका रुपमा विसं २०३७ मा महासङ्घ अन्तर्राष्ट्रिय समिति स्थापना भएको थियो । तत्कालीन राजा वीरेन्द्र र राष्ट्र गुरु योगी नरहरिनाथको सङ्कल्पले महासङ्घ अन्तर्राष्ट्रिय समिति स्थापना भएको हो ।

जसको संस्थापक सभापति पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल हुनुहुन्थ्यो । समितिलाई संयुक्त राष्ट्र« सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पनि मान्यता दिएको राष्ट्रिय समितिका महासचिव अरुणकुमार पाण्डेले सुनाए । अन्तर्राष्ट्रिय समितिअन्तर्गत ३७ देशमा राष्ट्रिय समिति छन् । भारत, अमेरिका, बेलायत, पाकिस्तान, बङ्गलादेशलगायत हिन्दू भएका देशमा राष्ट्रिय समिति क्रियाशील छन् ।

महासङ्घ अन्तर्राष्ट्रिय समितिअन्तर्गत विसं २०४५ मा राष्ट्रिय समिति स्थापना भएको हो । जसको संस्थापक सभापति पूर्वमन्त्री अच्युतराज रेग्मी भएको महासङ्घले जनाएको छ । विसं २०६० मा अन्तर्राष्ट्रिय समितिका सभापति भरतकेशर सिंह र राष्ट्रिय समितिका सभापति नारायणप्रसाद पोखरेलबीचको विवादले महासङ्घ दुईवटा बनेको थियो । अन्तर्राष्ट्रिय समितिका सभापति सिंहले राष्ट्रिय समितिका सभापति पोखरेललाई कारवाही गरेपछि ३३८ दर्ता नं। मा अर्को राष्ट्रिय समिति दर्ता भएको थियो । जसको कार्यालय कलङ्कीमा स्थापना गरिएको थियो ।

विसं २०६० मा महासङ्घ फुटेसँगै विसं २०६३ मा नेपाल धर्म निरपेक्ष घोषणा भएको निष्कर्ष निकाल्दै एकजुट भएको महासचिव पाण्डेले सुनाए । महासङ्घको मुख्य उद्देश्य नेपाललाई सनातन हिन्दू राष्ट्रका रुपमा स्थापित गर्ने रहेको छ । धर्म निरपेक्षतापछि प्रभावमा पारेर धर्म परिवर्तन गराउने क्रम बढेकामा दुवै समितिले आपत्ति जनाउँदै आएका छन् । सनातन धर्ममाथिको आक्रमण रोक्न सबै हिन्दू संस्थाबीच एकता गर्ने अभियानअन्तर्गत पहिलो चरणमा १८ वर्ष अघि दुई भएका संस्थाबीच एकता गरिएको समितिका अर्का महासचिव गणेशप्रसाद न्यौपानेले बताए । जसका लागि दुवै समितिबीच एकता गर्न १८ बुँदे सहमति भएको छ । पारदर्शी एवं सक्रिय संस्थाका रुपमा अघि बढाउन पनि आह्वान गरिएको छ ।

Facebook Comments Box