एक पक्षलाई दोषी देखाएर महानगरको बजेट नरोकौँ : उपप्रमुख डंगोल

सेयर गर्नुहोस

काठमाडौँ : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन जनप्रतिनिधिलाई आग्रह गरेकी छिन्। संविधानले तोकेको मिति असार १० गते वार्षिक बजेट ल्याउन नसकेको सन्दर्भमा उपप्रमुख डंगोलले लागि खुला छलफल गर्न र हातेमालो गरी अघि बढ्न अपिल गरेकी छिन्।

नगरप्रमुख बालेन साह र प्रमुख कार्यकारी अधिकृत बीचको असमझदारीका कारण काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन सकेको छैन। प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्त्वपूर्ण कार्यलाई अवरोध पुर्‍याउन नहुनेमा उनले जोड दिएकी छिन्। ‘यो बेला यो वा त्यो बहानामा बजेट नल्याउनु बिल्कुलै उचित होइन। यदि प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिनुहुन्छ भने उहाँलाई कानूनबमोजिम तत्काल कारबाही हुनुपर्छ भन्नेमा म सधैँ अडिग छ,’ उनले भनेकी छिन्।’

काठमाडौं महानगरबासीले आफूहरूलाई जनहितमा काम गर्न भनेर निर्वाचित गरेको बताउँदै डंगोलले बजेट ल्याउन नसके धोका हुने उपमेयर डंगोलले उल्लेख गरेकी छन्। ‘हामी जनताबाट निर्वाचित जनप्रतिनिधि हौँ। जनताले हामीलाई यहाँको विकास, समृद्धि र जनहितमा काम गर्न निर्वाचित गरेर पठाएका हुन्। हामीले हाम्रो जिम्मेवारी पूरा नगरेमा काठमाडौंबासीलाई धोका दिएको ठहरिने छ,’ उनको सन्देशमा लेखिएको छ।

आइतबार मात्रै आफूले नगरप्रमुख, प्रवक्ता तथा केही कार्यपालिका सदस्यसँग अनौपचारिक भेटघाटमा समेत बोर्ड बैठक र नगरसभा छिटो सम्पन्न गर्ने विषयमा छलफल गर्दा सकारात्मक संकेत पाएको पनि उनले उल्लेख गरेकी छन्। ‘वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ,’ उनले लेखेकी छिन्। थाहा खबर

Facebook Comments Box