मधेश प्रदेश सभामा आजदेखि बजेट छलफल
काठमाडौँ :मधेश प्रदेश सभा बैठक आइतबार बस्ने भएकोे छ। मधेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमाथि छलफल गर्न प्रदेश सभाको बैठक आह्वान गरिएको हो।
बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते बजेट प्रस्तुत गरेपछि असार ११ गते बसेको बैठक आधा घण्टा पनि नचलेर अनिश्चितकालका लागि स्थगित भएको थियो।थाहा खबर
Facebook Comments Box

