फिफा क्लब विश्वकप : प्रि-क्वार्टरफाइन खेल्ने १६ मध्ये १४ टोलीको टुंगो लाग्यो

सेयर गर्नुहोस

काठमाडौं : फिफा क्लब विश्वकपमा प्रि-क्वारटरफाइनल खेल्ने १४ टिमको टुंगो लागेको छ।

आज बिहान भएको खेलमा मेक्सिकन क्लब मोन्टेरेले जापानको उरावा रेड डाइमन्ड्सविरुद्ध ४-० को सानदार जित दर्ता गरेको छ।

पहिलो जितसँगै खेलमा पाँच अंक जोडेको मोन्टेरे समूह ‘इ’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ । तीनै खेलमा पराजित उरावा अंकविहिन बन्यो।

यो समूहबाट इन्टर मिलान सात अंकका साथ विजेता बनेर अगाडि बढ्यो। रिभर प्लेट चार अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो।

अमेरिकाको रोयज बोउलमा मोन्टेरेलाई जित दिलाउन जर्मन बर्टेरमले दुई तथा नेल्सन देओसा र जेसस म्यानुयल कोरोनाले समान एक गोल गरे।

यही समूहको अर्को खेलमा इन्टर मिलानले रिभर प्लेटविरुद्ध २-० को जित दर्ता गर्‍यो।

अन्तिम १६ मा मोन्टेरेले जर्मन क्लब बोरुसिया डर्टमन्डमको सामना गर्नेछ। इन्टरले ब्राजिलियन क्लब फ्लुमिनेन्सँग खेल्नेछ।

योसँगै क्लब विश्वकप खेल्न १४ टोलीको टुंगो लागेको छ। समूह ए को इन्टर मियामीले समूह बीको विजेता पीएसजीसँग खेल्दा समूह एको विजेता पाल्मरसले समूह बीको उपविजेता बोताफोगोसँग खेल्नेछ।

यसैगरी समूह सीको विजर्ता बफिन्काले चेल्सी प्रतिद्वन्द्वी पाएको छ भने समूह डीको विजेता फ्लामेङ्गोले बायर्नसँग खेल्नेछ।

समूह एफबाट युभेन्टस र म्यानचेस्टर सिटी एक अगावै अन्तिम १६ मा स्थान बनाइसकेका छन्। समान २ खेल जितेका यी दुई टोलीबीच आज हुने खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।

यसैगरी समूह जीका अन्तिम खेल भोलि बिहान हुनेछन्। नेपाली समय अनुसार भोलि बिहान पौने ७ बजे हुने खेलमा अलहिलालले पचुकासँग खेल्दा रियाल मड्रिडले साल्जबर्गसँग सोही समयमा खेल्नेछन्।

यो समूहमा रियाल र साल्जबर्गको २ खेलबाट समान चार-चार अंक रहेको छ भने अल हिलालको २ अंक रहेको छ।थाहा खबर

Facebook Comments Box