कांग्रेस मधेशले प्रभावकारी प्रस्तुती दिन सक्नेलाई मात्र प्रशिक्षकका रुपमा समावेश गर्ने

सेयर गर्नुहोस

जनकपुरधाम : नेपाली कांग्रेस मधेस प्रदेशले प्रभावकारी प्रस्तुती दिन सक्ने व्यक्तिलाई मात्र प्रशिक्षकका रुपमा समावेश गर्ने भएको छ। जनकपुरधामस्थित कार्यालयमा मधेश सभापति एवं संसदीय दलका नेता कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

प्रदेशस्तरीय विभिन्न तहको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक हुनका लागि पार्टीप्रति प्रतिबद्ध, प्रभावकारी प्रस्तुती दिन सक्ने क्षमता भएका व्यक्तिलाई मात्र प्रशिक्षकका रुपमा समावेश गर्ने निर्णय भएको कांग्रेस मधेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए।

प्रदेश प्रशिक्षण विभागको निर्णयअनुसार प्रशिक्षकको रुपमा समय दिन सक्ने हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट कम्तीमा १ जना महिला सहितको ४ जना, प्रदेशसभा निर्वाचन क्षेत्रबाट कम्तीमा १/१ जना पर्ने गरी समावेशी सहभागिता गराइने गुप्ताले बताए।

प्रदेशले दिने हरेक प्रशिक्षण कार्यक्रममा १३० देखि १५० जना सम्मको सहभागिता गराउने लक्ष्य लिएको र भातृ संगठनहरूको प्रमुखको सहभागिता अनिवार्य गरिएको छ।

यस्तै कांग्रेस केन्द्रीय कार्यालयको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा विरगञ्जमा असार १३ र १४ गते हुने प्रशिक्षण कार्यक्रमलाई भव्य रुपमा सफल पार्न भूमिका लेख्ने निर्णय पनि मधेश कार्यसमितिले गरेको छ।थाहा खबर

Facebook Comments Box