१५ बैशाख २०८१, शनिबार

सरकारद्वारा मधेश मुद्दा सम्बोधन

काठमाडौं । सरकारले मधेसका माग सम्बोधन गर्न सुरु गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले मधेश आन्दोलनमा नेता/कार्यकर्ता माथि लगाइएको केहि मुद्दा फिर्ता लिएको जनता समाजवादी पार्टीका नेता सुरेन्द्र झाले जानकारी दिए ।

झाले मधेसका एजेण्डा सम्बोधनको काम सुरु गरेकोमा पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री केपी ओलीलाई विशेष धन्यवादसमेत दिएका छन्। उनले सम्पूर्ण पार्टी पङ्क्तिलाई बधाई पनि दिएका छन् । सही नेतृत्वको पहिचान कठिन मोड़मा नै हुने उनको भनाई छ ।

दुई साता अघि जसपा नेता झाले गृह मन्त्रालयलाई २४ मुद्दाका २०८ जना नेता कार्यकर्ताको नाम बुझाएका थिए ।

जसपालेरेशम चौधरीको रिहाई, झुठा मुद्दा फिर्ताका साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक र संविधानको संशोधनको माग गर्दै आएको छ । पहिलो माग सरकारले सम्बोधन गर्न सुरु गरेको हो

मधेसका माग सम्बोधन हुन थालेपछि माओवादी केन्द्रसँष गठबन्धन बनाउन दौडिरहेका जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईलाई धक्का लागेको छ ।प्रधानमन्त्री ओली हटाउने उनीहरुको खेल खत्तम भएको छ ।

आफ्ना माग पूरा गरिरहेको प्रधानमन्त्री हटाएमा उनीहरुमाथि अब भारी पर्नेछ । दुबै नेता माओवादी, कांग्रेस र जसपाको गठबन्धन बनाएर अनि मुद्दा सम्बोधन गर्ने भनेर लागिरहेका छन् । जबकी महन्थ ठाकुर मधेस पटक पटक ठगिएकाले अहिले नै ओलीबाट सम्बोधन गराउने अडान लिएर आज आशिंक रुपमा सफल पनि भएका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट