संसद्‍मा नयाँ आएका सांसद्लाई प्रशिक्षण पुगेको छैनः किरणबाबु श्रेष्ठ

सेयर गर्नुहोस

काठमाडौं : नेपाली कांग्रेसका सांसद् किरणबाबु श्रेष्ठले प्रतिनिधिसभामा आएका नयाँ सांसद्हरूलाई प्रशिक्षण नपुगेका र संसदीय अभ्यासमा कसरी चल्ने भन्ने जानकारी नभएको बताएका छन्।

राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद् श्रेष्ठले संसदीय अभ्यासबारे जानकारी नहुँदा आज प्रतिनिधि सभामा कहीँ नभएको जात्रा हाँडीगाउँमा जस्तै अवस्था भइरहेको बताएका हुन्।

उनले मुलुकमा सार्वजनिक स्थललगायत संसद्मा पनि निराशाको कुराभन्दा अरु सुनिन छाडेको अवस्थामा दैलेखमा पत्ता लागेको मिथेन ग्यासले थोरै उत्साह जगाएको बताए।

प्रधानमन्त्री केपी ओलीले घरघरमा पाइपलाइन पठाएर स्वीच अन गर्नेबित्तिकै घरमा ग्यास आउँछ भन्दा नपत्याइएको भए पनि अहिले नियतिले उनलाई जस दिने काम गरेको टिप्पणी गरे।

उनले सन् २०२६ बाट नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा पनि केही हदसम्म उत्साह देखिएको स्पष्ट पारे।थाहा खबर

Facebook Comments Box