सुनको दरमा रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन : प्रमुख सचेतक शाही
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनको दरमा रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताएका छन्।
अर्थ समितिको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन्। सचिवहरूले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सुनको दरमा रेट बढाएको बताएको भन्दै उनले झुटो कुरा नगर्न सचेत गराए।
समितिमा सोमवार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो। जसबारे बोल्दै उहाँले यो विधेयकले सुन गएर भारतबाट किनेर लेउ र नेपालको व्यवसाय बन्द गर भन्ने किसिमको देखिएको जिकिर गरे।
प्रमुख सचेतक शाहीले यो विधेयकले सुन व्यवसायमा रोजगारी गरिरहेका १० लाख परिवारको घर उजाड्ने जिकिर गरे।थाहा खबर

