निर्माणाधीन संसद् भवनको उपलब्धिबारे तीन दिनभित्र जानकारी गराउन सरकारलाई संसदीय समितिको निर्देशन

सेयर गर्नुहोस

काठमाडौं : निर्माणाधीन संसद् भवनको उपलब्धिबारे तीन दिनभित्र जानकारी गराउन संसद्ीय समितिले सरकारलाई निर्देशन दिएको छ।

सोमबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले शहरी विकास मन्त्रालयलाई निर्माणाधीन संसद् भवनको उपलब्धि जानकारी गराउन निर्देशन दिएको हो।

समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै समिति सभापति ठाकुरप्रसाद गैरेले शहरी विकास मन्त्रालयलाई तीन दिनभित्र संसद् भवनको बारेमा भइरहेको भौतिक प्रगति र सांसदहरूले उठाएका प्रश्नको कार्यान्वयनबारे जानकारी गराउन निर्देशन दिए।

सबैभन्दा बढी निराशा पूर्वाधार क्षेत्रको विकासका कारणले उत्पन्न भएको बताए। सभापति गैरेले पूर्वाधारको विकासको कार्यान्वयनमा किन यत्ति धेरै समस्या भयो भन्ने विषयलाई विषयवस्तु बनाएर जानकारहरूसँग अन्तरक्रिया र छलफल गर्नसके उपलब्धिमुलक हुने जिकिर गरे। थाहा खबर

Facebook Comments Box