महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालयको बजेट असन्तुलित र पक्षपातपूर्णः प्रमुख सचेतक पाण्डे

सेयर गर्नुहोस

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटप्रति असन्तुष्टि जनाएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट असन्तुलित र पक्षपातपूर्ण मात्र नभएर रणनीतिक रुपमा बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित विषयलाई नसमेटेको टिप्पणी गरे।

उनले बालबालिका राष्ट्रका कर्णधार भएको उल्लेख गर्दै बजेटमा उनीहरूको शिक्षा, संस्कार र सीपमा केन्द्रित कार्यक्रमको अभाव रहेको बताए।

महिला वर्गप्रति समेत मन्त्रालयको बजेटले न्याय नगरेको उनको भनाइ छ। थाहा खबर

Facebook Comments Box